१३ असार २०८३, शनिबार

दैलेख ट्रक दुर्घटनामा मृत्यु भएका ३ जना एकै परिवारका

दैलेख ट्रक दुर्घटनामा मृत्यु भएका ३ जना एकै परिवारका

सुर्खेत – दैलेख जिल्लाको गुराँस गाउँपालिका–१ निगाल झाब्रामा बिहीवार राति भएको ट्रक दुर्घटनामा मृत्यु हुने सबै ३ जना एकै परिवारका रहेको पाइएको छ ।

मृत्यु हुनेमा दैलेख जिल्लाको ठाँँटीकाँध गाउँपालिका–६ को थापाटोलका गाडी मालिक ३० वर्षीय जोरबहादुर थापा, उनका भतिजा २८ वर्षीय धर्मराज थापा र २५ वर्षीय दिपेन्द्र थापा रहेका छन् ।

घटनास्थलमा रहेका अम्मर शाहीका अनुसार ३२८३ नम्बरको ट्रक सडकबाट साढे २ सय मिटर तल खसेर जलेको अवस्थामा भेटिएको छ । गाडीले चामल, दाल, नून, तेल लगायतका सामान बोकेर गएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्