एजेन्सी- आईसीसी क्रिकेट विश्वकपको शुरूआत यही मे ३० तारिखमा इंग्ल्या्णको वेल्समा हुँदैछ । तर विश्वकप शुरू हुनुअघि सबै टीमहरूले दुई-दुई अभ्यास खेल खेल्ने अवसर पाउँछन् ।
यसैबीच भारतले पनि विश्वकपको तयारी स्वरूप दुई अभ्यास खेल खेल्नेछ । भारतले आज न्यूजील्याण्डसँग अभ्यास खेल खेल्दैछ ।
अभ्यास खेलले भारतको चार नम्बर ब्याटिङमा देखिएको समस्यामा कसरी प्रस्तुत हुने भन्ने बारेमा टीमलाई सहयोग पुर्याउनेछ ।
भारतीय टीमले नम्बर चारमा केही अलग गर्ने प्रयास गर्ने बताइएको छ ।
इंग्ल्याण्डको परिस्थितिबारे पनि अभ्यास म्याचले स्पष्ट पार्न सक्नेछ ।
भारतीय टीमले दुई अलग-अलग स्थानमा न्यूजील्याण्ड र बंगलादेशसँग अभ्यास खेल खेल्नेछ ।
शनिवारको भारत भर्सेस न्यूजील्याण्डको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट शुरू हुनेछ ।
खेल स्टार स्पोर्ट्स्का च्यानलहरूमा र हटस्टारमा हेर्न सकिनेछ ।
विश्वकपमा भारतले आफ्नो पहिलो खेल जुन ५ मा दक्षिण अफ्रिकासँग खेल्नेछ ।