०६ असार २०८३, शनिबार

अबदेखि कर्णालीबाट शेयर कारोबार गर्न सकिने

अबदेखि कर्णालीबाट शेयर कारोबार गर्न सकिने
फाइल फोटो

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो । 

यहाँ शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको कार्यालय स्थापना गरिएको छ । कम्पनीले धितोपत्र बोर्डबाट प्राप्त आदेशको कार्यान्वयनका साथै लगानी व्यवस्थापन गर्ने, परामर्श सेवा दिने लगायतका काम गर्नेछ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सातवटै प्रदेशमा शेयर ब्रोकरको कार्यालय स्थापना गरिएको बताए । 

'कर्णालीका जनताको जीवनस्तर उकास्ने भरपर्दो माध्यम शेयर कारोबार पनि हो,' उनले भने, 'यहाँका जलविद्युत् आयोजनामा शेयर लगानी गरेर पुँजीको विकास गर्न सकिन्छ, धितोपत्र बोर्डले यसका लागि संरचनागत आधार तय गरेको छ ।'

इम्पेरियल सेक्युरिटीजले यसअघि नेपालगञ्जबाट शेयर कारोबार गर्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्