२४ जेठ २०८३, आइतबार

हतियारसहित हेटौंडासम्म आइपुगे भारतीय प्रहरी

हतियारसहित हेटौंडासम्म आइपुगे भारतीय प्रहरी

    हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई  मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी हेटौँडा आएका थिए । उनीहरुलाई हेटौँडा–४ स्थित गेष्टहाउसबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र त्यही आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्