२३ जेठ २०८३, शनिबार

चोरीको स्कुटरसहित एक जना पक्राउ

चोरीको स्कुटरसहित एक जना पक्राउ
फाइल फोटो

काठमाडौं- नेपाल प्रहरीले चोरी गरेको स्कुटरसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले चोरी भएको बा५०प ५७६५ नंको स्कुटरसहित रामेछापका १९ वर्षीय वीर तामाङलाई शनिवार काठमाडौं महानगरपालिका–१ नक्सालबाट पक्राउ गरेको हो ।

वृत्तबाट खटिएको टोलीले जाँचका क्रममा उक्त स्कुटर चोरी गरेर ल्याएको खुल्न आएको छ ।

पक्राउ तामाङसँग स्कुटर चोरीबारे आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्