
एजेन्सी-अभिनेत्री दिशा पाटनी र अभिनेता टाइगर श्राफबीचको सम्बन्धका खबरले बलिउड गर्माएको छ । यी दुवै बेलाबेलामा कार्यक्रमहरूमा देखिन्छन् । तरपनि यी दुईले आफूहरूको सम्बन्धबारे केही पनि खुलाएका छैनन् ।
हालै बलिउड न्युज पोर्टल दिशालाई फ्यानले सोधेको प्रश्न गरेको थियो । प्रश्न थियो- तपाईंहरू आफ्नो सम्बन्धबारे किन खुल्नुहुन्न ? तपाईंहरूलाई मानिसहरूले एक जोडीको रूपमा खुबै माया गर्छन् ।'
दिशाले भनिन्, 'टाइगरलाई इम्प्रेस गर्न निकै गाह्रो छ ।' उनले आफूले टाइगरलाई इम्प्रेस गर्न कोशिश गरिरहेको समेत खुलाइन् । आफू त्यस मामिलामा सफल नभएको पनि स्वीकारिन् ।उनले फिल्म भारतपछि धेरै चिज परिवर्तन हुने बताइन् ।
दिशाले भनिन्, 'मैले निकै लामो समयदेखि टाइगरलाई इम्प्रेस गर्न कोशिश गरिरहेकी छु । हो, हामी खान सँगै जान्छौं तर यसको अर्थ यो होइन कि उनी इम्प्रेस भइसके ।'
दिशा चाँडै नै सलमान खान स्टारर फिल्म 'भारत'मा देखिँदैछिन् । यो फिल्म जुन ५ अर्थात् इदमा रिलिज हुँदैछ ।
दिशा यतिबेला फिल्मको प्रमोशनमा व्यस्त छिन् ।