
डडेल्धुरा- माछापुच्छ्रे बैंक लिमिटेडले डडेल्धुरामा आफ्नो ९९ र १०० औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले डडेल्धुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखारहित बैंकिङ सेवा सुचारू भइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरिएको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकका पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराइसम्म आफ्ना १०१ वटा शाखाहरू छन् ।