१४ असार २०८३, आइतबार

अपडेट : राजधानीका दुई छुट्टाछुट्टै स्थानमा विस्फोट, मृतकको संख्या ३ पुग्यो

अपडेट : राजधानीका दुई छुट्टाछुट्टै स्थानमा विस्फोट, मृतकको संख्या ३ पुग्यो

काठमाडौं – काठमाडौंको सुकेधारा र अनामनगरमा आइतवार अपराह्न ग्यास सिलिण्डर विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।

सुकेधारा विस्फोटमा २ र अनामनगरमा एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

सुकेधारा विस्फोटमा परेका मध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार विस्फोटमा ४ जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्