०३ असार २०८३, बुधबार

इन्टरनेट बैंकिङ कारोबारको सीमा बढाइयो, अब दैनिक ५० हजारसम्म भुक्तानीको सुविधा

जेठ १३, २०७६
इन्टरनेट बैंकिङ कारोबारको सीमा बढाइयो, अब दैनिक ५० हजारसम्म भुक्तानीको सुविधा

काठमाडौं– नेपाल राष्ट्र बैंकले मोबाइल इन्टरनेट बैंकिङ कारोबारको सीमा करिब ५ गुणाले बढाएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारको कार्यक्रमलाई प्रोत्साहन गर्ने सरकारको कार्यक्रमलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले परिपत्र जारी गरी उक्त व्यवस्था कार्यान्वयन गर्न सरोकारवालाई निर्देशन दिएको छ । 

नयाँ व्यवस्थाअनुसार अब मोबाइल बैंकिङको माध्यमबाट दैनिक ५० हजारसम्मको भुक्तानी गर्न पाइनेछ । 

यस्तै इन्टरनेट बैंकिङको माध्यमबाट दैनिक १० लाखसम्मको कारोबार गर्न पाइनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्