२६ असार २०८३, शुक्रबार

सुर्खेतमा विप्लवका कार्यकर्ताले बस जलाए

सुर्खेतमा विप्लवका कार्यकर्ताले बस जलाए

सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । 
    
    जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 
 बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्