२९ जेठ २०८३, शुक्रबार

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं- एनआईसी एशिया बैंकले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा २८ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । 

जेठ १० गतेबाट बैंकले यस शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

यसको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु न्यौपानेले गरे । 

उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा उमेश कुमार यादवलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बैंकले विश्वास लिएको छ । 

बैंकले मुलुकभर रहेका २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउन्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाइमार्फत् सेवा प्रदान गर्दै आएको छ । 

बैंकका करीब १६ लाख ग्राहक छन् । 

salt training

कमेन्ट गर्नुहोस्