१९ असार २०८३, शुक्रबार

छैठौं विश्वकप जित्ने दाउमा अस्ट्रेलिया, यस्तो छ सशक्त इतिहास

छैठौं विश्वकप जित्ने दाउमा अस्ट्रेलिया, यस्तो छ सशक्त इतिहास

काठमाडौं – पाँचपटक क्रिकेट विश्वकप जितिसकेको अस्ट्रेलियाले अघिल्लो वर्ष बल ट्याम्परिङ प्रकरणपछि आफ्नो क्रिकेट संस्कृतिमा व्यापक सुधार गरेको छ ।

टीम अब छैठौं विश्वकप जित्ने उद्देश्यका साथ मैदानमा आउनेछ । विगत दुई वर्षदेखि निकै उतारचढाव बेहोरेको अस्ट्रेलियाले हालै भारत र पाकिस्तानविरुद्ध शानदार जीत हासिल गरेको थियो । 

डेभिड वार्नर र स्टिभ स्मिथको एक वर्षको प्रतिबन्धपछि टीममा फर्केका छन् र यसले गर्दा टीम बलियो बनेको छ । टीमका अन्य सदस्यको मनोबल पनि बढेको छ ।

क्रिकेट इतिहासमा सबभन्दा सफल एकदिवसीय टोली अस्ट्रेलियाले सन् १९९९ देखि २००७ सम्म लगातार तीन जीत हासिल गरेको छ । लगातार तीन जीत त ऐतिहासिक उपलब्धि नै हो तर प्रतियोगितामा अस्ट्रेलियाले सन् १९८७ मा विश्वकप जित्दा पनि केही उम्दा खेलाडीहरू टीममा थिएनन् । त्यसबाहेक सन् २०१५ को उपाधि पनि अस्ट्रेलियाले जितेको छ । 

एकदिवसीय विश्वकपमा रनको हिसाबले सबभन्दा ठूलो जीत अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध प्राप्त गरेको थियो । उसले अफगान टीमलाई सन् २०१५ मा पर्थमा २७५ रनले हराएको थियो । सन् २००३ मा उसले २५६ रनको जीत हासिल गरेको थियो । 

सबभन्दा ठूलो स्कोरको कुरा गर्दा उसले अफगानिस्तानविरुद्ध नै यो उपलब्धि हासिल गरेको हो । पर्थमा भएको खेलमा उसले ६ विकेट क्षतिमा ४१७ रन बनाएको थियो । उसको दोस्रो सर्वश्रेष्ठ स्कोर दक्षिण अफ्रिकाविरुद्ध सन् २००७ मा ६ विकेटमा ३७७ रन हो ।

सन् १९७५ मा विश्वकप शुरू भएयता अस्ट्रेलियाले भारत र जिम्बाब्वेविरुद्ध सर्वाधिक जीत हासिल गरेको छ । उसले भारतविरुद्धका ११ म्याचमध्ये आठमा जितेको छ । जिम्बाब्वेविरुद्ध नौमध्ये आठ म्याचमा ऊ विजयी भएको छ । 

विश्वकपमा अस्ट्रेलियाका लागि सर्वाधिक रन पूर्व कप्तान रिकी पोन्टिङले बनाएका छन् । उनले १७ सय ४३ रन बनाएका छन् भने याडम गिलक्रिस्ट १ हजार ८५ रनका साथ दोस्रो स्थानमा छन् । 

टीमका लागि विश्वकपमा सबभन्दा बढी ७१ विकेट ग्लेन मक्ग्राले लिएका छन् भने ब्रेट ली ३५ विकेटका साथ दोस्रो स्थानमा छन् । 

विश्वकप २०१९ का लागि अस्ट्रेलियाको टीम यसप्रकार छ :

आरोन फिन्च (कप्तान), जेसन बेहरेनडोर्फ, एलेक्स क्यारे, नाथन कूल्टर नाइल, प्याट कमिंग्स, उस्मान खवाजा, नाथन लियोन, शन मार्श, ग्लेन म्याक्सवेल, जोय रिचर्डसन, स्टिभ स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र याडम जाम्पा 
 

salt training

कमेन्ट गर्नुहोस्