
सोलुखुम्बु- उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गरेका छन् ।
सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा सोमवार सोलुखुम्बुमा आयोजित कार्यक्रममा उनले भने, 'वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रूपमा रहेको छ ।'
नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाल लगायतको संरक्षण र सम्वर्द्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनलेमुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गरे ।
सगरमाथा र खुम्बु क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले ल्याउने योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उनलेयस क्षेत्रको विकास र समृद्धिका लागि सबैको सकारात्मक प्रयास आवश्यक छ भने ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको विकास र समृद्धिको एजेण्डा तथा ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य कार्यान्वयनका लागि सगरमाथासँग जोडेर लैजान आवश्यक छ भने ।