
काठमाडौं- शेयर बजारमा सोमवार झिनो अङ्कले सुधार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.३४ बिन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०५ बिन्दुले बढेर २७७.६१ मा पुगेको छ ।
नेप्से झिनो अङ्कले बढेपनि कारोबार रकम भने सामान्य रहेको छ । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै आठ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ ०.९६, निर्जीवन बीमा १५.८९, जीवन बीमा २८.६२ विन्दुले घटेको छ । होटल ०.९६, विकास बैंक १.८१, जलविद्युत् २.८८, वित्त १.२७, उत्पादन ३७.६६, अन्य तीन लघुवित्त ०.८१ र सामूहिक लगानी कोष ०.४३ विन्दुले बढेको छ ।
कारोबारका आधारमा आज शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ । सो कम्पनीको रु सात करोड ३१ लाख ७८ हजार २४३, प्रभु बैंकको छ करोड ४१ लाख १४३, नेपाल बैंक लिमिटेडको दुई करोड ६१ लाख १२ हजार २९० र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको एक करोड ९६ लाख ४५ हजार ८०४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।