३१ असार २०८३, बुधबार

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश
फाइल फोटो

काठमाडौं- सङ्घीय संसद्, प्रतिनिधिसभामा अर्थ, कानून, न्याय तथा मानव अधिकार र राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश भएको छ । 

सभाको सोमवारको बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘अर्थ समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेश गरे । बजेटपूर्व विभिन्न स्थानमा गरिएका छलफलमा प्राप्त सुझावलाई पनि प्रतिवेदनमा समावेश गरिएको उनले जानकारी दिए । 

त्यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेश गरे । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेश गरे ।  

प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते बुधबार बेलुकी ६ बजे बस्नेछ भने दुवै सदनको संयुक्त बैठकमा त्यसै दिन अपराह्न १५ः४५ बजे आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्