२९ असार २०८३, सोमबार

प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

काठमाडौं- प्रभु बैंक लिमिटेडले कञ्चनपुरको पुनर्वासमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले उद्घाटन गरेका थिए । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलकाप्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू,स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

यो शाखा समेत गरी बैकले १७९ वटा शाखा, १४५ वटा एटीएम २३ वटा एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्