१६ असार २०८३, मंगलबार

आफ्नो युट्युब भिडियोमा जथाभावी कमेन्ट गरेको थाहा पाएपछि यी जापानीले पिटे पत्नी

आफ्नो युट्युब भिडियोमा जथाभावी कमेन्ट गरेको थाहा पाएपछि यी जापानीले पिटे पत्नी

काठमाडौं – एक जापानी पुरुषले आफ्नी पत्नीलाई पाता कसेर उनको टाउकोमा लात्ताले हिर्काएका छन् । पत्नीले महिनौंसम्म आफ्नो युट्युब भिडियोमा नकारात्मक टिप्पणी गरेको थाहा पाएपछि उनले पत्नी पिटेका हुन् ।

ओइटा शहरमा बस्ने पुरुषले आफ्नी पत्नीले नै चिन्डे, मूर्ख जस्ता टिप्पणी गर्ने गरेको र आफ्ना साथीहरूलाई पनि नकारात्मक टिप्पणी गर्न प्रेरित गर्ने गरेको थाहा पाए । 

त्यसपछि उनले पत्नीको हात र गोडा टेपले बाँधे अनि उनको अनुहारमा लात्ताले हाने । पत्नीलाई निको हुन एक मिहना लाग्यो ।

पतिलाई युट्युबे बनेर पैसा कमाउन मन लागेको थियो र उनी ओइटाका रेस्टुराँ र पर्यकटकीय क्षेत्रको भिडियो खिचेर भ्यु बढाउन खोन्दैथिए । 

अदालतमा मुद्दा चल्दा उनले पत्नीमाथि आक्रमण गरेको स्वीकारे । 

मुद्दाको फैसला जेठ २३ गते हुने सम्भावना छ । 

पतिलाई तीन वर्षसम्मको कारावास सजाय हुन सक्छ ।

द डेली मेलबाट 

salt training

कमेन्ट गर्नुहोस्