२४ असार २०८३, बुधबार

विश्वकप : मैदानमा उत्रनेबित्तिकै मोर्गनले बनाए कीर्तिमान

विश्वकप : मैदानमा उत्रनेबित्तिकै मोर्गनले बनाए कीर्तिमान

एजेन्सी- आजदेखि क्रिकेट विश्वकप शुरू भएको छ । यतिबेला आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । 

विश्वकपको पहिलो खेल शुरू भएसँगै इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले एक कीर्तिमान बनाएका छन् । 

क्रिकेटका तीनै फर्म्याटको शुरूआत इंग्ल्याण्डबाट भयो । तर पनि अहिलेसम्म इंग्ल्याण्डका कुनै पनि खेलाडीले करिअरमा दुई सय एक दिवसीय खेल खेलेका थिएनन् । 

इयोगन मोर्गनले आज दक्षिण अफ्रिकाविरुद्ध मैदानमा उत्रने बित्तिकै यो कीर्तिमान बनाएका हुन् । 

इयोन मोर्गनभन्दा अगाडि पोल कोलिंगवुडले इंग्ल्याण्डका लागि १९७ एक दिवसीय म्याच खेलेका थिए ।  

तीव्र गतिका बलर जेम्स एन्डरसनले १९४ तथा केविन पिटरसनले १३४ एक दिवसीय खेल खेलिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्