२१ असार २०८३, आइतबार

चीनको ग्रेटवाल घुम्न नयाँ नियम

जेठ १७, २०७६
चीनको ग्रेटवाल घुम्न नयाँ नियम

काठमाडौं– चीनले ग्रटवाल घुम्ने पर्यटकको संख्या क्षमताभन्दा बढी हुन थालेपछि संख्या सीमा तोकेको छ।  

जुन १ देखि बेइजिङको पातालिङ क्षेत्रबाट ग्रेटवाल घुम्न आउने पर्यटकको संख्या तोकिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

अबदेखि दैनिक ६५ हजार भन्दा बढीले त्यहाँ भ्रमण गर्न नपाउने नियम बनाइएको छ । पर्यटकको पिक सिजन चल्दै गर्दा चिनियाँ अधिकारीले यस्तो निर्णय गरेका हुन् ।

बेइजिङमा पातालिङका साथै मुत्यान र च्वियोङक्वान नाका ग्रेटवाला चढ्नका लागि सबैभन्दा लोकप्रिय क्षेत्र हो । 
 

salt training

कमेन्ट गर्नुहोस्