२५ जेठ २०८३, सोमबार

आलोपालोमा सरकार चलाउँछु भन्नु लज्जास्पद : वैद्य

आलोपालोमा सरकार चलाउँछु भन्नु लज्जास्पद : वैद्य

बुटवल – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य  ‘किरण’ले सरकारको नेतृत्व आलोपालो गर्ने कुरा गलत र अशोभनीय रहेको बताएका छन् ।

केही दिन अगाडि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ पार्टी एक हुँदा सरकारको आलोपालोमा सरकार चलाउने प्रधानमन्त्री केपी ओली र आफूबीच भएको बताएका थिए । 

उनले २ पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने प्रचण्ड र ओलीबीच गोप्य सहमतिप्रति वैद्यले प्रधानमन्त्रीजस्तो पदलाई भागबण्डा गराउन नहुने बताए । शुक्रवार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, ‘केपी ओलीले ३ वर्ष र प्रचण्डले २ वर्ष आलोपालोमा सरकार सञ्चालन गर्ने गोप्य सहमति भएको भन्दै कुरा बाहिर आएको छ । मैले पनि सुने । पार्टी एकीकरण भइसकेपछि सरकार आलोपालोमा चलाउने कुरा अमर्यादित र लज्जास्पद हुन्छ ।’ 

वैद्यले सरकारले ल्याएको बजेट वितरणमुखी भएको बताए । ‘यो अहिले सरकारले ल्याएको बजेट वितरणमुखी छ । छरिएको मात्र छ । यसले राष्ट्रिय उद्योग धन्दालाई प्राथमिकता दिइएको छैन,’ उनले भने ।

वैद्यले सरकारले आफैं भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए । ‘वाइडबडी, ३३ किलो सुनका दोषीलाई कारवाही नगर्नुले सरकारका सरकारले भ्रष्टचारमा आफैं लागेको देखिन्छ,’ उनले भने ।

उनले आफूहरूले विभिन्न दलहरूसँग धु्रवीकरणको प्रक्रियामा रहेको बताए । विभिन्न पार्टीसँग एकताका लागि छलफल र बहस चलाएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्