१४ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीद्वारा नेपाली दूतावासको भ्रमण

प्रधानमन्त्री ओलीद्वारा नेपाली दूतावासको भ्रमण

नयाँ दिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार नयाँ दिल्ली स्थित नेपाली दूतावासको भ्रमण गरेका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागि हुन आएका ओली शुक्रवार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासको भ्रमण गरेका हुन् ।

ओलीलाई भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले दूतावासका अधिकारी र कर्मचारीसँग छलफल गरेका थिए । 

प्रधानमन्त्री ओली शुक्रवार नै स्वदेश फर्किने कार्यक्रम छ । स्वदेश फर्किनु अघि ओलीले समकक्षी मोदीसँग भेटवार्ता गर्दैछन् । 

salt training

कमेन्ट गर्नुहोस्