०३ असार २०८३, बुधबार

प्रचण्डलाई ओलीले दिए यस्तो जवाफ

जेठ १८, २०७६
प्रचण्डलाई ओलीले दिए यस्तो जवाफ

काठमाडौं–प्राय व्यंग्य बिनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैं देखिन्थे । 
भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए । 
शुक्रबार बिहान बाह्रखम्बास्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददाताहरुसँग कुरा गर्दा पनि उनी गम्भीर थिए । 
तपाईँको पार्टीमा अर्का अध्यक्ष प्रचण्डले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईँको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो । 
‘मेरो कार्यकाल एक वर्ष हैन, चार–५ दिन मात्र बाँकी छ’ उनले व्यंग्यमिश्रित शब्दमा भने । 
आलोपालो सरकार चलाउने सहमति पूरानै भएको उल्लेख गर्दैै उनले यो कुनै गोप्य दस्ताबेज नभएको उल्लेख गरे । 
प्रचण्डले एक अन्तर्वार्तामा पार्टी एकीकरणको क्रममा आलोपालो सरकार चलाउने सहमति भएको भन्दै दायाँबायाँ गरिए कोही नटिक्ने बताएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्