०८ असार २०८३, सोमबार

विश्वकप : खेल हारेपनि श्रीलंकाका कप्तान दिमुथले बनाए यस्तो कीर्तिमान

विश्वकप : खेल हारेपनि श्रीलंकाका कप्तान दिमुथले बनाए यस्तो कीर्तिमान

एजेन्सी- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको क्रिकेट विश्वकपमा श्रीलंकाको ब्याटिङ धरासायी देखियो । शनिवार न्यूजील्याण्डविरुद्ध श्रीलंका निरीह बन्यो । श्रीलंका १३६ रनमै समेटियो । 

तर उक्त म्याचमा श्रीलंकाका कप्तान दिमुथ करुणारत्नेले उत्कृष्ट ब्याटिङ गरे । उनी अन्तिमसम्म टिकिरहे । करुणारत्ने एकतर्फ डटिरहँदा अर्कोतर्फ विेकट पतन भइरह्यो ।

दिमुथले आफ्नो ब्याटिङको दममा विश्वकपमा एउटा कीर्तिमान बनाए । 

न्यूजील्याण्डविरुद्ध श्रीलंकाका कप्तान दिमुथले टीमको पारी शुरूआत गरे र ५२ रन बनाएर पारीको अन्त्यसम्म नटआउट रहे । 

उनले ८४ बलको सामना गर्दा ५२ रन बनाए । त्यसक्रममा उनले ४ चौका प्रहार गरे । 

दिमुथ करुणारत्ने विश्वकप इतिहासको दोस्रो यस्तो ब्याट्स्‌म्यान बने जो पारीको शुरूमा आएर अन्त्यसम्म नटआउट रहे । अर्थात् दिमुथ विश्वकप इतिहासमा 'क्यारिङ द ब्याट' गर्ने दोस्रो ब्याट्स्‌म्यान बने । यसअघि सन् १९९९ को विश्वकपमा रेडली ज्याकब्सले पनि शुरूमा आएर अन्त्यसम्म नटआउट रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्