०७ असार २०८३, आइतबार

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले मञ्चमै चुमे ५ महिला (भिडियो)

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले मञ्चमै चुमे ५ महिला (भिडियो)

काठमाडौं – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले जापानमा एक मञ्चमा भाषणका क्रममा पाँच महिलाको चुम्बन लिएका छन् ।

त्यसबेलामा उनकी पत्नी स्टेजमै थिइन् । डुटेर्टेले महिलाहरूकै कारण आफू समलिंगी हुनबाट जोगिएको बताए । 

उनको यो बयान फिलिपिन्सका विपक्षी नेता एन्टोनियो त्रिलानेसमाथि व्यंग्यका रूपमा हेरिएको छ । डुटेर्टेले त्रिलानेसको अभियानबाट उनी समलिंगी भएको देखिने बताए । 

डुटेर्टेले जापानमा बस्ने फिलिपिनोहरूलाई सम्बोधन गरिरहेका थिए । उनले विपक्षी नेता त्रिलानेसलाई व्यंग्य गर्दै कुनै बेला आफू र त्रिलानेस उस्तै भए पनि महिलाहरूले गर्दा आफू ठीक भएको उनले भने । 

त्यसपछि उनले स्टेजनजिक उभिएका केही महिलालाई किस गर्न भने । 

डुटेर्टेले अविवाहित र कम उमेरका महिलालाई किस गर्न चाहेको बताए । त्यसपछि उनले एक युवतीलाई इशारा गरे । एकपछि अर्को गर्दै महिलाहरू स्टेजमा आए अनि डुटेर्टेलाई किस गरे । 

भाषण सकिनेबित्तिकै राष्ट्रपतिले अरू कसैलाई किस गर्न मन छ भनी सोधे तर पछि कुनै महिला पनि स्टेजमा बाँकी रहेनन् । 

घटनाको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

डुटेर्टे स्टेजमा आफ्ना अनौठो हर्कत र बयान दिएर विवादमा पर्ने गरेका छन् । 

उनी लापरवाहीका लागि पनि चिनिन्छन् । आसियान शिखर सम्मेलनमा उनी राष्ट्राध्यक्षहरूको बैठकमा समयमा पुगेनन् किनकि उनी थाकेको सुरमा निदाइरहेका थिए । 

निदाउँदा के फरक पर्छ र ? उनले सोधेका थिए । यसअघि पनि उनले फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भागै नलिने गरेका थिए ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्