२४ जेठ २०८३, आइतबार

शोएब अख्तरले उडाए पाकिस्तानी कप्तान सरफराजको मजाक (भिडियो)

शोएब अख्तरले उडाए पाकिस्तानी कप्तान सरफराजको मजाक (भिडियो)

काठमाडौं – विश्वकपको पहिलो खेलमा वेस्ट इन्डीजविरुद्ध पाकिस्तानले सात विकेटको पराजय बेहोरेपछि पूर्वखेलाडी शोएब अख्तरले टीमको आलोचना गरेका छन् ।

शोएबले कप्तान सरफराज अहमदलाई मोटे र पाकिस्तानको अहिलेसम्मकै सबभन्दा अनफिट कप्तान बताए । 

उनले टीम सेलेक्सनमा पनि प्रश्नचिह्न उठाए । शोएबले ट्विटरमा एउटा भिडियो शेयर गरेर यो कुरा भनेका हुन् । 

शोएबले भने, ‘सरफराज टसका लागि आउँदा उनको पेट अगाडिपट्टि भुक्क उठेको थियो । उनको अनुहारको पनि मोटो छ । उनी पाकिस्तानको क्रिकेट इतिहासकै सबभन्दा अनफिट कप्तान हुन् । विकेटकीपिङ गर्दा सरफराज हलचल पनि गर्न सक्दैनन् । अनि शोएब मलिकलाई किन नखेलाएको ?’

नटिङघममा खेलिएको खेलमा पाकिस्तान लज्जास्पद १०५ रनमा आउट भएको थियो । वेस्ट इन्डीजले उक्त खेल सात विकेटले जितेको थियो ।

तर विश्वकपमा पाकिस्तानले खराब शुरूआत गर्नु नौलो कुरा हैन । सन् १९९२ को विश्वकप जित्दा ऊ पहिलो म्याचमा वेस्ट इन्डीजविरुद्ध १० विकेटले हारेको थियो । अनि सन् २०१७ को च्याम्यिन्स ट्रफीको लीग खेलमा भारतले उसलाई सजिलै जितेको थियो । तर फाइनल पाकिस्तानले जितेको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्