३० जेठ २०८३, शनिबार

महानगरमा लगाइन्छ बिनाकुनै मापदण्ड फूल र बोटबिरुवा

जेठ २०, २०७६
महानगरमा लगाइन्छ बिनाकुनै मापदण्ड फूल र बोटबिरुवा

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा फूल, बोटबिरुवा व्यवस्थापन र हेरचाह गर्दै आएकी उर्मिला पोखरेल फूलको बिरुवाका लागि प्रायः महानगरले तोकेको नर्सरीकै भर पर्छिन् । 
सडकमा लगाउने बिरुवाका लागि भने उनी वन कार्यालयमा उपलब्ध मध्यम उचाइका बिरुवा छनोट गर्छिन् । ललितपुर र भक्तपुरमा पनि यस्तै चलनबाट बिरुवा छनोट हुने गरेको छ । काठमाडौँ उपत्यकालाई हरियाली सौन्दर्यको उपत्यका बनाउन यहाँ अवस्थित काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाको छुट्टाछुट्टै बृहत् योजना छन् तर हरियाली सहर निर्माण गर्दा उपत्यकाको जैविक विविधता र नेपालको जैविक विधिताको संरक्षण गर्ने तवरले भने भएको छैन । 
आजको गोरखापत्र दैनि लेख्छ–यसरी बिनाकुनै मापदण्ड फूल, बोटबिरुवा लगाइने गरेको पुष्टि काठमाडौँ महानगरपालिका, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले गरे । 

salt training

कमेन्ट गर्नुहोस्