०३ असार २०८३, बुधबार

नवलपरासीमा हावाहुरीले बालिकाको मृत्यु

नवलपरासीमा हावाहुरीले बालिकाको मृत्यु

कावासोती – आइतवार साँझ आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा बालिकाको मृत्यु भएको छ ।

साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायव निरीक्षक कृष्ण शाहले बताए ।

जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।

हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताए । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्‍याएको प्रहरी नायब निरीक्षक शाहले बताए ।  हावाहुरीले घरको छानो उडाइदिएको छ ।

हावाहुरीका कारण नेपाल–भारत सीमा त्रिवेणी व्यारेज पुलमा सीसीटीभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोस्टमा समेत क्षति पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्