
काठमाडौं- नेपाली कांग्रेस ताप्लेजुङ-काठमाडौं सम्पर्क समितिले आमनागरिकको जीवन रक्षाका लागि रक्तदान गर्न आह्वान गरेको छ ।
सम्पर्क समितिका सभापति भक्तिराज भट्टराईको संयोजकत्वमा रक्तदान कार्यक्रम आगामी जेठ २३ गते काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।
समितिका सभापति भट्टराईले रक्तदान कार्यक्रममा उपस्थित भई सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस पार्टीको राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम गर्न लागिएको भट्टराईले बताए ।