२१ असार २०८३, आइतबार

प्रहरीद्वारा करीब १७ सय रोपनीमा लगाइएको गाँजा खेती नष्ट

प्रहरीद्वारा करीब १७ सय रोपनीमा लगाइएको गाँजा खेती नष्ट

काठमाडौं- प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका केही स्थानमा लगाइएको करीब १७ सय रोपनीमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । 

लागूऔषध ब्यूरो कोटेश्वरको अगुवाइमा प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको नेतृत्वमा खटिएको १२५ जनाको प्रहरी टोलीले सोमवार गोकर्णेश्वर न.पा. वडा नं -१ स्थित रहेका चिलाउने, गैरीगाउँ, माझगाउँ, कुने, खत्रीटोल आदि ठाउँमा लगाइएको गाँजा खेती नष्ट गरेको हो । 

प्रहरीले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म लगाएर गाँजा खेती नष्ट गरेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्