काठमाडौं- आईसीसी क्रिकेट वर्ल्डकप लाई लक्षित गरी एलजीले आकर्षक क्यास ब्याक अफर ल्याएको छ ।
एलजीको यस योजना अन्तर्गत कुनै पनि एलजी टीभी खरीदमा ४५ प्रतिशतसम्म 'क्यास ब्याक' पाउन सक्ने कम्पनीले जनाएको छ ।
'अपग्रेड टु स्मार्टर लाइफ' नाराको साथ यस क्रिकेट विश्वकपमा आफ्नो खुशीहरूलाई एलजीका एड्भासन्स फ्युचरिस्टिक डिस्प्ले टेक्नोलोजीसँग अपग्रेड गर्नुहोस् भन्ने सूचना अघि बढाइएको कम्पनीको भनाइ छ ।
यो योजना नेपालभर जेठ २१ गतेदेखि सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।