३० असार २०८३, मंगलबार

नेकपा सचिवालय बैठक : विभाग गठन र जिल्ला इन्चार्जबारे छलफल हुँदै

नेकपा सचिवालय बैठक : विभाग गठन र जिल्ला इन्चार्जबारे छलफल हुँदै
फाइल तश्वीर

काठमाडौं– विभिन्न विभाग गठन र जिल्ला इन्चार्जको चयन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार मध्यान्हदेखि सचिवालय बैठक चलिरहेको छ । 

लामो समयपछि मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभाग गठनबारे छलफल भएको थियो । एउटा व्यक्तिलाई दुई पद दिने कि नदिने भन्नेमा विवाद भएपछि मंगलवारको बैठक अनिर्णीत भएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालले एक व्यक्तिलाई एउटा मात्र जिम्मेवारी दिनुपर्ने धारणा राखेका थिए ।

आजको सचिवालय बैठकले पार्टीको विभिन्न विभाग गठनलाई पूर्णता दिने तथा जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने सम्भावना रहेको बताएका छन् । नेकपाले जिल्ला अध्यक्ष र सहअध्यक्ष टुंग्याइसकेको छ । 

बैठकमा पोलिटब्यूरो गठनलगायतका एजेण्डामा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधामनन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सचिवालयका ९ जना सदस्य उपस्थित छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्