२१ असार २०८३, आइतबार

काँक्रेबिहारलाई व्यवस्थित पार्क बनाइने : मुख्यमन्त्री शाही

जेठ २२, २०७६
काँक्रेबिहारलाई व्यवस्थित पार्क बनाइने : मुख्यमन्त्री शाही

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकीय स्थल काँक्रेबिहार लाई व्यवस्थित पार्क बनाउने बताएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा काँक्रेबिहार क्षेत्रमा बुधवार बिहान सरसफाइ तथा वृक्षारोपण पश्चात पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री शाहीले आकर्षक पार्क बनाउने बताएका हुन । ‘काँक्रेबिहार मा अहिले पिकनिक क्षेत्र रहेको स्थानलाई खाली गराउनेछौं,’ उनले भने, ‘ऋषि, महर्षिहरूको साधनास्थल रहेको काँक्रेबिहार लाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य वनाउने योजनामा प्रदेश सरकार लागिरहेको छ । काँक्रेबिहार लाई खुला ‘जु’ को रुपमा विकास गर्नेछौं ।’

दुनियाँले के भन्छ भन्ने सरोकार आफूलाई नरहेको बताउँदै मुख्यमन्त्री शाहीले मानव मस्तिष्कमा रहेको फोहोरको डंगुर सफा गर्न आफू नाला सफा गर्दै हिँडेको जानकारी दिए । ‘स्वच्छ र सफा वातावरण बिना मानव जीवनको अस्तित्व संकटमा पर्ने सम्भावना छ,’ मुख्यमन्त्री शाहीले भने, ‘जनचेतना अभिवृद्धिसँगै कानूनको कार्यान्वय मार्फत सरसफाइ तथा स्वच्छताको प्रवर्द्धन गर्दै वातावरणको संरक्षण गर्न सबै पक्ष गम्भीर हुन आवश्यक छ ।’

विश्व वातावरण दिवसको अवसरमा बुधवार बिहान मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लबहरूको सहभागितामा काँक्रेबिहार क्षेत्रमा सरसफाइ गर्नुको साथै वृक्षारोपण गरिएको थियो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन पाँच तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । ‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं, लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्