१८ असार २०८३, बिहीबार

बुवा बेपत्ता भएको ७० वर्षपछि काजकिरिया

बुवा बेपत्ता भएको ७० वर्षपछि काजकिरिया
प्रतिकात्मक तस्वीर

दाङ – दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरू गरेका छन् ।

बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उनले बताए ।

“बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिबेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष भइसकेँ”, उनले भने, “बुबा हराएको ७० वर्ष भइसक्यो, अहिलेसम्म नफर्केकाले काजकिरिया गर्न लागेका हौँ ।”

पुरोहितसँग सल्लाह गरेर यही जेठ २१ गतेदेखि किरिया गर्न शुरू गरेको र यही जेठ ३२ गतेसम्म किरिया गर्ने उनले बताए ।

बुबाको अहिले उमेर १०३ वर्ष पुगिसकेको र अहिलेसम्म जीवित भएको कुनै थाहा नभएपछि पुरोहितसँग सल्लाह गरेर यसरी काजकिरिया गर्न थालेको उनले जानकारी दिए ।

पितृ रिसाउने र कूल बिग्रने धार्मिक मान्यता र संस्कार रहेकाले हिन्दू संस्कारअनुसार काजकिरिया गरिरहेको उनले बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्