०२ असार २०८३, मंगलबार

सुकुम्वासी बस्तीमा छिरेर जंगली हात्तीको वितण्डा

सुकुम्वासी बस्तीमा छिरेर जंगली हात्तीको वितण्डा
प्रतिकात्मक तस्वीर

महोत्तरी – महोत्तरी जिल्लाको सुकुम्वासी बस्तीमा जंगली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् ।

बर्दिबास नगरपालिका–८ स्थित सुकुम्वासी बस्तीमा जङ्गलबाट सात/आठ वटाको सङ्ख्यामा आएको हात्तीले स्थानीयवासी विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र राधे विकको घर भत्काएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

ती हात्तीहरुले सोही बस्तीमा रहेको शिव मन्दिरको पर्खालसमेत भत्काइदिएको प्रहरीले जनाएको छ । बस्तीमा अचानक जङ्गलबाट हात्ती आएर घरहरु भत्काउन थालेपछि सो बस्तीमा भागाभाग भएको छ भने स्थानीयवासी निकै भयभित भएका छन् ।

ती हात्तीहरूले कुनै मानवीय क्षति नपुर्‍याएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्