१६ असार २०८३, मंगलबार

दुर्गम क्षेत्रमा प्रभावकारी दूरसञ्चार सेवा पुर्‍याउनुपर्छ- मुख्यमन्त्री राई

दुर्गम क्षेत्रमा प्रभावकारी दूरसञ्चार सेवा पुर्‍याउनुपर्छ- मुख्यमन्त्री राई
फाइल फोटो

विराटनगर –प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुर्गम क्षेत्रका जनतामा प्रभावकारीरुपमा दूरसञ्चार सेवा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (आधिकारिक ट्रेड युनियन) क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको शुक्रवार विराटनगरमा उद्घाटन गर्दै उनले जनतालाई विश्वको नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गरेमा मात्र प्रतिस्पर्धा अब्बल हुने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री राईले संस्थानले सेवाग्राहीप्रति उत्तरदायी भई  संस्थाभित्रको विसङ्गति तथा विकृति हटाई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्नेमा जोड दिँदै सगरमाथा, मकालु, कञ्जनजङ्घा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न संस्थालाई आग्रह गरे ।

मुख्यमन्त्री राईले सङ्घ, प्रदेश र स्थानीय निकायको एउटै लक्ष्य देश विकास गरी ‘समद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल पार्न सहकार्य र हातेमालो गरी हिँड्नु आजको आवश्यकता भएको विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले संस्थाले जिम्मेवारीपूर्वक सेवाग्राहीप्रति उत्तरदायित्व भूमिका निर्वाह गर्नुपर्ने औँल्याए । अर्का केन्द्रीय सदस्य महेश रेग्मीले प्रतिस्पर्धामा उच्च स्थान हासिल गर्न सरकारले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे ।

क्षेत्रीय एकता अधिवेशनका अध्यक्ष आनन्द पौडेल, क्षेत्रीय निर्देशक अमरनाथ झा, कर्मचारी युनियनका नारायणी कुसियत, दामोदर केसीले ‘फोर जी’ सेवालगायत नवीनतम् प्रविधिको प्रयोग गरी अन्य प्रतिस्पर्धी सञ्चार सेवा प्रदायकभन्दा संस्था अब्बल बनाउने कार्यमा कर्मचारीहरुले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दुईदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्