२७ जेठ २०८३, बुधबार

आँधीहुरी अपडेटः ५७१ घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क

आँधीहुरी अपडेटः ५७१ घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले सञ्चनपुरमा ५७१ घरमा क्षति पुर्एको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पु¥याएको छ । 

    प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण प्राप्त हुन नसकेको बताए । 
 “अहिले प्रारम्भिक विवरण मात्र सङ्कलन भएको छ”, उनले भने । उनका अनुसार हावाहुरीबाट १२ विद्यालय क्षति पुगेको छ । यस्तै १० पशुचौपाया तथा एक हजार ५० भन्दा बढी कुखुरा मरेका छन् । कृष्णपुर नगरपालिका–२ को कार्यालय भवनमा क्षति पुगेको छ । वाणीस्थित मुक्त कमैया बस्ती र वनहरास्थित भूमिहीनको घरमा क्षति पुगेको छ । हावाहुरीका कारण विचल्लीमा परेका परिवार आफन्त र खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लामा हालसम्म विद्युत् सेवा ठप्प छ ।

    हावाहुरीका कारण रु  ११ करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ । सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीयामा केरा खेती नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार भीमदत्त नगरपालिकाको तिलकेनी, वेदकोटको बैतडा र कुष्णपुरको गुलरीयामा केरा खेती नष्ट भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्