काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आगामी महाधिवेशनबाट एकल नेतृत्वमा जाने भएको खबर राजधानी दैनिकमा छापिएको छ ।
पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएको राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेका छन् । कात्तिक २८, २९ र ३० गतेको लागि राजपाको महाधिवेशन तय भएको छ ।