२८ जेठ २०८३, बिहीबार

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

दमौली – चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रवार राति १ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेला परेको थियो । 

प्रहरीका अनुसार बालिकाको घाँटीमा चितुवाले चिथोरेको डाम छ भने शरीरका अन्य भागमा कुनै क्षति छैन । 

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा २ बालक र १ बालिकाको मृत्यु भइसकेको छ । । चितुवाको आक्रमणमा परी मृत्यु भएका उनीहरूलाई यसअघि नै राहतबापतको १० लाख रुपैयाँ प्रदान गरिसकिएको छ । 

गत माघ महिनामा भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा २ वटा चितुवा मृतावस्थामा फेला परेपनि पुनः चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्