
काठमाडौं- धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोबार भए ।
कारोबार मापक नेप्से परिसूचक २१ बिन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन एक हजार २८४.५९ बिन्दुमा झरेर बन्द भयो ।
साताको पहिलो दिन शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झर्यो ।
स्टकका अनुसार सो दिन कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए ।
यस्तै दोस्रो दिन, कारोबार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झर्यो । एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झर्यो । सो दिन कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।
यस्तै साताको तेस्रो दिन पनि कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुग्यो ।
स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । बुधवार भने सार्वजनिक बिदा परेका कारण शेयर बजार पनि बन्द रह्यो ।
बिहीवार पनि कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झर्यो । सो दिन कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए ।