०३ असार २०८३, बुधबार

दिनको एक एक मुठी बदम खाएर यी रोग हटाउनुस्

जेठ २६, २०७६
दिनको एक एक मुठी बदम खाएर यी रोग हटाउनुस्

धेरै जसो रोगका लागि खानमा ध्यान दिन सके फाइदाजनक हुने एक अध्ययनले जनाएको छ । बदाम गम्भीर प्रकृतिका विभिन्न रोगहरुको जोखिम कम गर्न निकै फाइदाजनक हुन्छ ।


हरेक दिन एक मुठी बदाम खाएमा मुटु रोगदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम कम गर्ने एक अध्ययनमा पाइएको छ । 

बिएमसी मेडिकल जर्नलमा प्रकाशित अध्ययनलेयस्तो जनाएको हो । लन्डनस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ता तथा नर्वे्जियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले संयुक्त रुपमा गरेको उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले पहिले प्रकाशित भएका विभिन्न २९ वटा अध्ययनको विश्लेषण गरेका थिए ।

सो अध्ययनबाट अनुसन्धानकर्ताहरुले जो मानिस हरेक दिन एक मुठी बदाम खान्छ, उनीहरुमा मुटु रोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या, मधुमेह लगायत संक्रमणको जोखिम कम हुने पत्ता लगाए ।

यसको लागि उनीहरुले आठ लाख मानिसबाट तथ्यांक संकलन गरेका थिए, जो पिनट बदाम, ओखर, कटुस लगायत विभिन्न प्रकारका बदाम खान्थे । उक्त तथ्यांकले उनीहरुमा मुटु रोगका कारण हुने मृत्युको जोखिमलाई ३० प्रतिशतसम्म तथा क्यान्सर रोग १५ प्रतिशतले कम गरेको पाइयो । यस्तै, बदाम खाने मानिसमा अकाल मृत्युको जोखिम २२ प्रतिशतले कम गरेको पाइएको थियो ।

बदाममा उच्च मात्रामा चिल्लो पदार्थ हुने भए पनि यो प्रोटिन तथा फाइबरको लागि राम्रो स्रोत हो, जसमा शरीरका लागि आवश्यक पर्ने खनिज तत्व भरिपूर्ण हुन्छ । त्यसैगरी, ओखर, पिकान लगायतका अन्य बदामले क्यान्सर रोग विरुद्ध एन्टी अक्सिडेन्टको काम गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्