
काठमाडौं– जारी विश्वकप क्रिकेटमा भारतीय टीमका शिखर धवनले शतक पूरा गरेका छन् ।
उनले ९५ बलको सामना गर्दै शतक पूरा गरेका हुन् ।
ओपनरका रूपमा ब्याटिङमा आएका उनीनटआउट छन् । ताजा अवस्थामा ३२ ओभरको समाप्तिमा भारतको स्कोर १ सय ८७ रन पुगेको छ ।
धवनलाई साथ दिन क्रिजमा आएका कप्तान विराट कोहली २८ रनमा खेलिरहेका छन् ।
यसअघि ओपनर आएका रोहित शर्मा ७० बलमा ५७ रन बनाउँदै आउट भए ।
लण्डनको ओभल क्रिकेट स्टेडियममा अष्ट्रेलिया विरुद्ध भारतले टस जितेर ब्याटिङ गरिरहेको छ ।