२१ जेठ २०८३, बिहीबार

श्रीमतीको हत्या गर्ने समातिए, मदिराको सुरमा इँटाले हिर्काएको खुलासा

श्रीमतीको हत्या गर्ने समातिए, मदिराको सुरमा इँटाले हिर्काएको खुलासा

बारा–कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् ।

 अत्यधिक मादक पदार्थ सेवन  गरेर अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले सोही कारण ज्यान गुमाएकी हुन् । 
वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेको  अभियोग लगाइएको हो । आज अपराह्न ४ः३० बजे भएको घटनाको खबर पाउनासाथ तत्काल पुगेको प्रहरीले घाइतेलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल बुटवल पठाए पनि  साँझ पौने ७ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता देवेन्द्रकुमार पाण्डेले जानकारी दिए । 

अभियुक्त अगमानलाई प्रहरीले हिरासतमा राखेको छ । दम्पती दैनिक काम गरेर खाने मजदूर रहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्