
काठमाडौं– सदनमा गृहमन्त्रीको जवाफ नआउँदासम्म बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानपछि सोमवार बस्ने भनिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना मार्फत स्थगित गरिएको छ ।
संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सूचना प्रकाशित गरी मंगलावर बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
सोमवार बसेको पहिलो बैठकमा कांग्रेसले गुठी विधेयकको विरोधमा भएको प्रहरी दमनको विरोध गर्दै गृहमन्त्रीको जवाफ माग गरेको थियो ।
कांग्रेसको विरोधपछि सभामुख महराले १५ मिनेटका लागि भन्दै संसद स्थगित गरेका थिए ।
आजदेखि सदनमा विनियोजन विधेयकमाथि छलफल शुरू गर्ने कार्यसूची थियो ।