
हेटौडा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका ३ कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको छ ।
विप्लव समूहका मकवानपुरका इन्चार्ज वीरबहादुर घलानसहित प्रहरीले पक्राउ गरेका अन्य २ कार्यकर्तालाई विभिन्न समयमा जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो ।
घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको एकल इजलाशले २५ हजार रुपैयाँ धरौटी लिइ उनलाई तारेखमा छोड्न आदेश गरेको भएपनि घलानले सो धरौटी रकम नतिरेपछि कारागार पठाइएको हो ।
त्यसैगरी अदालतले चन्द समूहका मकवानपुरका आर्थिक विभाग प्रमुख सूर्य अर्याल र कार्यकर्ता राजकुमार पाख्रिनलाई पनि आइतवार जेठ २६ गते कारागार पठाएको छ ।
जिल्ला न्यायाधीश षडानन्द तिवारीको एकल इजलाशले उनीहरूलाई ५/५ हजार रुपैयाँ धरौटी लिइ तारेखमा छोड्न आदेश गरेपनि उनीहरुले सो धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको जनाइएको छ ।