एजेन्सी- बलिउड अभिनेता अमिताभ बच्चनको सोमवार ट्विटर ह्याण्डल ह्याक भएको छ ।
ट्विटर ह्याण्डल ह्याकपछि प्रोफाइल फोटोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर अपलोड भएको थियो ।
त्यतिमात्र होइन, उनको बायो पनि फेरिएको थियो जसमा लभ पाकिस्तान लेखिएको थियो ।
यद्यपि उक्त एकाउन्ट कहाँबाट कसले ह्याक गर्यो भन्ने पत्ता लागेको छैन ।
तर यसमा पाकिस्तान समर्थित ह्याकरको हात रहेको हुन सक्ने बताइएको छ ।
अमिताथ बच्चन सामाजिक सञ्जालमा सक्रिय रहने गरेका छन् । उनले ट्विटरमार्फत नै आफ्नो धारण सार्वजनिक गर्ने गरेका छन् ।
अहिले भने उनको ट्विटर ह्याण्डल रिकभर भइसकेको छ ।
तस्वीर : हिन्दी डट न्युज ट्वान्टी फो अनलाइन