११ साउन २०८३, सोमबार

उपत्यकामा टिप्पर चलाउने समय पुर्नमूल्याङ्कन गर्छौं : गृहमन्त्री

उपत्यकामा टिप्पर चलाउने समय पुर्नमूल्याङ्कन गर्छौं : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकामा निर्माण सामाग्री बोक्ने टिप्पर चल्न दिइएको समयमा पुर्नमूल्याङ्कन गर्ने बताएका छन् । 

प्रतिनिधिसभामा नेमकिपा सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिने क्रममा मन्त्री थापाले टिप्पर आतंकबाट सडकलाई कसरी सुरक्षित गर्ने भन्नेबारेमा पुर्नमूल्याङ्कन गरिने बताएका हुन् ।

‘सडकमा टिप्पर आतंक छ, यसले धेरैको ज्यान लिइसकेको छ । टिप्पर आतंक नियन्त्रण गर्न र विकास निर्माणको काम पनि अवरोध नहोस् भन्नका लागि सीमित समय दिइएको छ । अझ कसरी सुरक्षित गर्ने भन्नेबारेमा, पुर्नमूल्याङ्कन गर्नेछौं,’ मन्त्री थापाले भने । 

सांसद सुवालले राष्ट्रिय गौरवका आयोजनाको पास बनाएर सडकमा टिप्परले आतंक मच्चाएको भन्दै टिप्पर आतंक रोक्न माग गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्