
काठमाडौं – कैलाली–कञ्चनपुरमा हावाहुरीका कारण मानवीय र ठूलो धनजनको क्षति भएको घटनाप्रति बेवास्था गरेर सरकारले सौतेलो व्यवहार गरेको आरोप सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा नेकपाका झपड रावलले हावाहुरीका कारण २ जनाको मृत्यु, १ सय ७ जनाको घाइते र हजारौं घरबारविहीन हुँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका हुन् ।
‘धनगढीमा १ सातादेखि विद्युत् अवरुद्ध भएको छ, विद्युत् नहुँदा प्रचण्ड गर्मीमा मानिसहरू कसरी बसिरहेका छन् ?’ उनले प्रश्न गरे ।
सरकारको सौतेलको व्यवहारको कुरा गर्न भन्दै बोल्न शुरू गरेका रावल बोल्दाबोल्दै १ मिनेटको समय सकियो र उनले अगाडि बोल्न पाएनन् ।