३१ असार २०८३, बुधबार

भारतमा आँधीबाट ८ जनाको मृत्यु

भारतमा आँधीबाट ८ जनाको मृत्यु

नयाँ दिल्ली- पूर्वी भारतीय राज्य बिहारका विभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियो (एआरआई)ले मंगलवार सो जानकारी दिएको छ । आँधी र चट्याङको सोमवार साँझ एक साथ आएको बताइएको छ ।

बिहार राज्यको गोपालगञ्जमा तीन,सिओहार एक, सितामार्हि एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो । यी जिल्लाहरूमा नै अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको थियो ।

भीषण रूपमा आएको आँधीको कारण कयौं रुखहरू ढलेको र धूलोसहितको यस आँधीको कारण विद्युत आपूर्तिमा अवरुद्व भएको बताइएको छ । भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए ।

सो आँधीबाट उत्तर प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका थिए । स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरू ढलेर मानिसको मृत्यु भएको थियो । 

तस्वीर : लाइभ हिन्दूस्तान 

salt training

कमेन्ट गर्नुहोस्