०८ असार २०८३, सोमबार

छोरी बलात्कारको आरोपमा सरकारी सेवाका उपसचिव पक्राउ

छोरी बलात्कारको आरोपमा सरकारी सेवाका उपसचिव पक्राउ

काठमाडौं – छोरी बलात्कार गरेको आरोपमा ललितपुरबाट सरकारी सेवाका १ जना उपसचिव पक्राउ परेका छन् । 

छोरीलाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा ललितपुर धोबिघाट बस्दै आएका नेपाल सरकार उपसचिवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी रमेश चिमोरियाले बताए ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया किशोरीलाई ४५ वर्षका उपसचिवले पटक–पटक बलात्कार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा उनकी पत्नीलाई पनि जानकारी रहेको जनाइएको छ । पटक–पटक खबरदारी गर्दा पनि नमानेपछि उनीविरुद्ध जोहरी दिएको पीडितले बताएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्