१८ असार २०८३, बिहीबार

पोखरामा गोली चल्यो, १ जना पक्राउ

जेठ २९, २०७६
पोखरामा गोली चल्यो, १ जना पक्राउ

काठमाडौं – पोखराको उत्तम चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध कारोबारी गोविन्द थापा ‘जोन’लाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी दानबहादुर कार्कीका अनुसार प्रहरी टोलीले गोली चलाएर थापालाई पक्राउ गर्न सफल भएको छ ।

‘पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको हो,’ डीएसपी कार्कीले भने । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्